फुलबारीमा महिलाको मृतदेह उद्धार

फुलबारी: आज बिहानै अज्ञात महिलाको मृतदेह फुलबारी घोषपुकुर बाइपास इलाकामा उद्धार भएको छ। आज बिहान स्थानीय मानिसहरूले फुलबारी घोषपुकुर बाइपास नजिक एउटी महिलाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक महिलाको परिचय थाहा लागेको छैन। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement