फीफा वर्ल्ड कपः मेस्सीसँग जुझ्ने रेफरी एण्टोनियोलाई किक्आउट गऱ्यो फीफाले

IMG-20221213-WA0094.jpg

फीफा वर्ल्ड कप २०२२-का सबैभन्दा विवादित रेफरी एण्टोनियो मातेउ लाहोजलाई फीफाले किक्आउट गऱ्यो। अर्थात्, टुर्नामेण्टबाट बाहिर गऱ्यो। फीफा वर्ल्ड कपका रहल म्याचहरूमा उनलाई देखिनेछैन। फीफा वर्ल्ड कपको सेमिफाइनल र फाइनलमा रेफरीको भूमिकामा रहने सबैको सपना हुन्छ तर एण्टोनियोले यस मौकालाई गुमाएका छन्। क्वार्टर फाइनल म्याचमा अर्जेण्टिना र नीदरल्याण्ड्सबीच भएको म्याचमा केही विवादित फसेलापछि फीफाले यस्तो कार्वाही गरेको छ। त्यस म्याचमा एण्टोनियोले दुवै टीम मिलाएर जम्मा १५ वटा कार्ड देखाएका थिए, जसमा एउटा रेड कार्ड पनि सामेल छ। त्यस म्याचमा अर्जेण्टिनाका दिग्गज खेलाड़ी लियोनल मेस्सीले पनि यल्लो कार्ड देखेका थिए। म्याच रोमाञ्च र उत्तेजनाले भरिएको थियो तर पनि १५ वटा कार्ड बाँड़ेको हुनाले स्पेनिश रेफरीको निक्कै आलोचना भएको थियो। विशेषगरी मेस्सीसँग त उनको मैदानमै तर्क पनि भएको थियो। यसपाली एण्टोनियोलाई कतरबाट स्वदेश पठाइएको छ। उनले टुर्नामेण्टका रहल चारवटा म्याचमा हिस्सा लिनेछैनन्। मेस्सीले त म्याचपछि खुलेर रेफरीको आलोचना गरेका थिए।

अर्जेण्टिनाका ३५ वर्षीय दिग्गज खेलाड़ी मेस्सीले भनेका थिए, फीफाले यस्तो फसेला लिन अघि सोच्नु पर्छ कारण मेरो विचारमा स्पेनका रेफरी यस कामको निम्ति तयार थिएनन्। मलाई रेफरीको बारेमा कुरा गर्नु राम्रो लाग्दैन तर उनी ईमानदार थिएनन्। मैदानमा के हुन लागेको छ भन्ने सोचेर हामी पहिला नै डराएका थियौं। अर्जेण्टिनाका गोलकीपर एमिलियानो मार्टिनेजले पनि रेफरी एण्टोनियोको आलोचना गरेका छन्। उनले भने, उनले कुनै कारण बिना नै १० मिनट (विरामको समय) खराब गरे। उनले नचाहिँदो फ्री किक् दिए। उनी नीदरल्याण्ड्सले गोल गरेको हेर्न चाहन्थे। यसैकारण आउँदो म्याचहरूमा उनलाई रेफरीको भूमिकामा नदेख्ने आशा गरेको छु। उनी बेकार रेफरी हुन्।

About Author

Advertisement