फिल्म समीक्षक एवं अभिनेता कमाल रशीद खान (केआरके) पक्राउ

मुम्बई:  मलाड़ पुलिसले फिल्म समीक्षक एवं अभिनेता कमाल रशीद खान (केआरके) लाई मङ्गलबार बिहान पुरानो ट्वीट मामिलामा पक्राउ गरेको छ। शिवसेनाका कार्यकर्ता राहुल कनालले मलाड़ पुलिस थानामा केआरके विरूद्ध मामिला दर्ता गरेको थियो भने उनी भागेका थिए। केआरकेले आफ्नो ट्विटर ह्याण्डलबाट केही अभिनेताहरूको विषयमा आपत्तिजनक टिप्पणी गरेका थिए। सोही आधारमा राहुल कनालले उनीविरूद्ध मामिला दर्ता गरेको थियो, तर केआरके देश बाहिर थिए। पुलिसले केआरकेलाई समन जारी गरेर लुकआउट सर्कुलर जारी गरेको थियो। सोमबार अबेर राति केआरकेलाई मुम्बई अन्तर्राष्ट्रिय हवाई अड्डाबाट पक्राउ गरेर मलाड पुलिसलाई सम्पियो। केआरकेले फिल्म अभिनेता शाहरूख खान र सलमान खान विरूद्ध आपत्तिजनक टिप्पणी गरिसकेका छन्।

About Author

Advertisement