फिफा वर्ल्ड कपको निम्ति अल्जेरियाद्वारा टीमको घोषणा

IMG-20260602-WA0088

नयाँ दिल्ली: आउँदो १२ जूनदेखि शुरु हुने फिफा वर्ल्ड कप २०२६ को लागि अल्जेरियाले २६ सदस्यीय अन्तिम टीम घोषणा गरेको छ। टीमको कप्तानी अनुभवी विंगर रियाद माहरेजले गर्नेछन्। वर्ल्ड कपमा अल्जेरिया ग्रुप जे मा रहेको छ, जहाँ टीमले वर्तमान विजेता अर्जेण्टिना, अष्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। टीममा अनुभवी खेलाड़ी आइसा माण्डी, मीडफिल्डर नाबिल बेन्तालेब, साथै चोटबाट फर्किएका हुस्सेम आउआर र अमिन गुइरी सामेल छन्। गोलकीपर लुका जिदान पनि टीममा परेका छन्, जो वर्ल्ड कप विजेता जिनेदिन जिदानका छोरा हुन्। अल्जेरियाले ग्रुप चरणमा जुन १६ मा अर्जेण्टिनाविरुद्ध खेल्दै आफ्नो अभियान शुरु गर्नेछ।
फिफा वर्ल्ड कपको निम्ति अल्जेरियाको टीम यसप्रकार छः
गोलकीपर: ओसामा बेनबोट, मेल्भिन मास्टिल, लुका जिदान।
डिफेण्डर: अशरफ अबादा, रायान अइत–नौरी, जिनेदिन बेलाएद, राफिक बेलघाली, रामि बेन्सेबाइनी, समिर चेरगुई, जाओएन हदजाम, आइसा माण्डी, मोहम्मद तौगाई।
मीडफिल्डर: हुस्सेम आउआर, नाबिल बेन्तालेब, हिसाम बौदाउई, फारेस चाइबी, इब्राहिम माजा, यासिन तित्राउई, रामिज जेरुर्की।
फरवर्ड : मोहम्मद अमौरा, नधिर बेनबुआली, आदिल बौल्बिना, फारेस घेदिमेस, अमिन गुइरी, रियाद माहरेज, एनिस हाज मौसा।

About Author

Advertisement