फिफा महिला वर्ल्ड कपः जर्मनीको बिदाई, कोलम्बिया र मोरक्को नक्आउट राउण्डमा

IMG-20230804-WA0201.jpg

४ अगस्तः दुईपल्टको च्याम्पियन जर्मनी पहिलोपल्ट फिफा महिला वर्ल्ड कपको नक्आउट राउण्डमा पुग्न विफल भयो। बिहीवार जर्मनी र दक्षिण कोरियाबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। यसअघि मोरक्कोले कोलम्बियालाई १-०-ले पराजित गरेको थियो। यसैकारण विश्वको दोस्रो नम्बरको टीमलाई नक्आउट राउण्डमा पुग्न दक्षिण कोरिया विरुद्ध जसरी भए पनि जीतको आवश्यकता थियो। कप्तान एलेक्जेण्ड्रा पोपको नेतृत्वमा टीमले धेरै मौकाहरू बनाए पनि त्यसको फाइदा उठाउन सकेन।

ग्रुप एच-मा कोलम्बिया गोल अन्तरको आधारमा शीर्ष स्थानमा रह्यो। कोलम्बियाको बराबर ६ पोइण्ट्स लिएर मोरक्को दोस्रो स्थानमा रह्यो। अब प्री-क्वार्टर फाइनलमा कोलम्बियाको सामना मेलबर्नमा जमैकासँग हुनेछ। यसरी मोरक्कोले फ्रान्सको चुनौती स्वीकार्नेछ। जर्मनी ३ वटा म्याचमा ४ पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो। जर्मनी विरुद्ध म्याचमा चोह सोहयानले छैटौं मिनटमै कोरियालाई बढ़त दिलाइन्। त्यसपछि पोपले ४२औं मिनटमा गोल गरी जर्मनीलाई १-१-को बराबरीमा पुऱ्याए पनि जीत दिलाउन सकिनन्।

पोपले पछिबाट ५७औं मिनटमा पनि गोल गरेकी थिइन् तर भीएआर तक्निकको आधारमा त्यस गोललाई खारेज गरियो। यसबीच मोरक्को फिफा महिला वर्ल्ड कपको नक्आउट राउण्डमा पुग्ने पहिलो अरब अनि उत्तरी अफ्रिकाको पहिलो टीम बन्यो।

About Author

Advertisement