फिफा महिला वर्ल्ड कपः अष्ट्रेलियालाई पराजित गरी ईंग्ल्याण्ड फाइनलमा, स्पेनसँग भिड़न्त हुने

IMG-20230816-WA0287.jpg

१६ अगस्तः ईंग्ल्याण्डले बुधवार सिडनीमा खेलिएको सेमिफाइनलमा सहआयोजक अष्ट्रेलियालाई ३-१-ले पराजित गरी पहिलोपल्ट फिफा महिला वर्ल्ड कपको फाइनलमा स्थान बनायो, जहाँ उनीहरूको भिड़न्त स्पेनसँग हुनेछ। अष्ट्रेलियाकी सुपरस्टार सेम केर टुर्नामेण्टमा पहिलोपल्ट शुरुवाती एकादशमा सामेल थिइन्। उनले म्याचमा अष्ट्रेलियाको निम्ति एकमात्र गोल पनि गरिन् तर त्यो यूरोपियन च्याम्पियन ईंग्ल्याण्डलाई पराजित गर्न पर्याप्त थिएन। पहिलो हाफको खेलमा ईंग्ल्याण्डको धलिमलि रह्यो। इलाले ३६औं मिनटमा गोल गरी ईंग्ल्याण्डलाई १-०-को बढ़त दिलाइन्। त्यसपछि केरले ६३औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याइन्।

अष्ट्रेलियाई खेलाड़ी र समर्थकहरूका खुशीयाली अधिक समयसम्म चाहिँ कायम रहन सकेन अनि लोरेन हेम्पले ७१औं मिनटमा गोल गरी फेरि ईंग्ल्याण्डलाई २-१-को बढ़त दिलाइन्। त्यसपछि एलेसिया रुसोले नियमित समयको खेल समाप्त हुन ४ मिनट अघि गोल गरी ईंग्ल्याण्डको जीत सुनिश्चित गरिन्। ईंग्ल्याण्ड र स्पेन पहिलोपल्ट फाइनलमा पुगेको छ। सेमिफाइनलमा हार्ने स्वीडेन र अष्ट्रेलियाबीच तेस्रो स्थानको प्लेअफ् म्याच शनिवार हुनेछ। फाइनल म्याच आइतवार खेलिनेछ।

About Author

Advertisement