फिन एलनको अविजित शतकले न्यूजील्याण्ड फाइनलमा

IMG-20260305-WA0002

काेलकत्ता: न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई एकतर्फी पहिलो सेमिफाइनलमा ९ विकेटले पराजित गरी आईसीसी टी२० वर्ल्ड कपको फाइनलमा प्रवेश गऱ्यो। बुधवार काेलकत्ताको ईडन गार्डन्समा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो। केवल ७७ रनमा ५ विकेटको पतनपछि दक्षिण अफ्रिकाको निम्ति अलराउण्डर मार्को यानसनले लड़ाइँ गरेर अविजित ५५ रन बनाए। उनले ३० बल खेलेर ५ वटा छक्का र २ वटा चौका लगाए। यसबाहेक डेवाल्ड ब्रेविसले ३४ र ट्रिस्टन स्टब्सले २९ रनको योगदान दिए। शीर्ष क्रममा फर्ममा रहने कप्तान एडेन मार्करम (१८ रन) र रेयान रिकेल्टन (शून्य)-लाई सस्तैमा गुमाएपछि दक्षिण अफ्रिकाले पहिलो १० ओभरमा तेजीको साथ रन बनाउन सकेन। न्यूजील्याण्डका बलरहरूमा रचिन रविन्द्र, कोल म्याकोन्की र म्याट हेनरीले २-२ सफलता हासिल गरे। त्यसपछि न्यूजील्याण्डले फिन एलनको विध्वंशी शतकको सहायताले १२.५ ओभरमै १७३ रन बनाएर म्याच जित्यो। एलनले ८ वटा छक्का र १० वटा चौकाको साथ ३३ बलमा अविजित १०० रन बनाए। यसबाहेक टिम साइफर्टले ३३ बलमा ७ वटा चौका र २ वटा छक्काको साथ ५८ रन बनाए। एलन र साइफर्टको ओपनिंग जोड़ीले पहिलो विकेटको निम्ति ९.१ ओभरमा ११७ रनको पार्टनरशीप गर्दा नै म्याचमा दक्षिण अफ्रिकाको चुनौती समाप्त भएको थियो। साइफर्ट आउट भएपछि एलनले रचिन रविन्द्र (अविजित १३)-सँग मिलेर टीमलाई जीत दिलाए। एलनले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे। अब बिहीवार खेलिने दोस्रो सेमिफाइनलमा भारतको भिड़न्त ईंग्ल्याण्डसँग हुनेछ। म्याच मुम्बईको वानखेड़े स्टेडियममा खेलिनेछ।

About Author

Advertisement