फाँसीदेवा निर्वाचन क्षेत्रको कालीबारी बलाईझोरामा सांसद राजु विष्टद्वारा बुथ जनसम्पर्क; भाजपा पार्टी कार्यालयको उद्घाटन

FB_IMG_1781018849766

सिलगढी: दार्जिलिङ संसदीय क्षेत्रका लोकसभा सदस्य राजु विष्टले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने फाँसीदेवाको खरिबारी ब्लक अन्तर्गत कालीबारी बलाईझोरा, बतासी क्षेत्रमा ‘बुथ जनसम्पर्क कार्यक्रम’ सम्पन्न गर्नुभएको छ। यसै अभियानको एक भागको रूपमा सांसद विष्टले बुथ नम्बर २६ मा भारतीय जनता पार्टी (भाजपा) को नयाँ पार्टी कार्यालयको विधिवत् उद्घाटन समेत गर्नुभयो। आफ्नो सामाजिक सञ्जालमा कार्यक्रमका केही तस्बिरहरू साझा गर्दै सांसद विष्टले यस विशेष उपलब्धिलाई जनतामाझ पस्कनुभएको हो।
​कार्यालय उद्घाटन पश्चात् आयोजित कार्यक्रममा सांसद विष्टले स्थानीय बासिन्दा तथा पार्टीका निष्ठावान कार्यकर्ताहरूसँग आत्मीय भेटघाट र अन्तर्क्रिया गर्नुभयो। कुराकानीका क्रममा उहाँले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीजीको दूरदर्शी नेतृत्वमा भाजपा नेतृत्वको एनडीए सरकारले हासिल गरेका उपलब्धि र भावी योजनाहरू स्थानीय जनतामाझ साझा गर्नुभयो।
​यसै जनसम्पर्क अभियानका क्रममा सांसद विष्टले खरिबारी क्षेत्रकी समर्पित भाजपा कार्यकर्ता, पञ्चायत समिति सदस्य एवं भाजपा सिलिगुडी एससी मोर्चाकी प्रमुख सुश्री मनिषा सरकारको निवासमा पुगेर उहाँ र उहाँका परिवारका सदस्यहरूसँग भेटघाट पनि गर्नुभयो।
​जनताका समस्याहरू समाधान गर्न भुइँतहमा अहोरात्र खटिने संगठनात्मक टोली र कार्यकर्ताहरूको उच्च प्रशंसा गर्दै उहाँले नागरिकहरूको कल्याण र सेवाका लागि टोलीले देखाएको समर्पण र प्रतिबद्धतालाई सलाम गर्नुभएको छ। अन्तमा, सांसद विष्टले सबै पार्टी कार्यकर्ता र समर्थकहरूमा आगामी दिनका लागि शुभकामना व्यक्त गर्दै जनसेवा र राष्ट्र निर्माणको महाअभियानमा उनीहरूको निरन्तर योगदानको अपेक्षा राख्नुभएको छ।

About Author

Advertisement