​प्रेस क्लब अफ सिक्किमको नयाँ कार्यसमितिद्वारा आईपीआर विभागकी सचिवसँग भेटवार्ता

a2470aff-984f-4b95-9f3a-f685929b236d

मिडिया नीति र सहकार्य सुदृढ बनाउने विषयमा विशेष छलफल

गान्ताेक: प्रेस क्लब अफ सिक्किमको नवनिर्वाचित कार्यकारिणी समितिले आज सूचना तथा जनसम्पर्क विभाग (आईपीआर) की सचिव सुश्री अन्नपूर्ण अफे सँग तादोङस्थित सूचना भवनमा रहेको उहाँको सरकारी कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेको छ।
​भेटका क्रममा नयाँ कार्यसमितिका पदाधिकारीहरूले क्लबका भावी योजना र गतिविधिहरूबारे जानकारी गराउँदै पत्रकार र सञ्चारकर्मीहरूले भोग्दै आएका विभिन्न समस्या तथा चुनौतीहरूबारे सचिवलाई अवगत गराउनुभयो। छलफलका क्रममा डिजिटल मिडिया नीति निर्देशिका र राज्य प्रेस मान्यता (एक्रेडिटेसन) नीतिमा गर्नुपर्ने सम्भावित संशोधनहरूका साथै विभाग र प्रेस क्लबबीचको समन्वयलाई अझ बढी प्रभावकारी र सुदृढ बनाउने विषयमा गम्भीर विचार-विमर्श भएको थियो।
​प्रेस क्लबको सहज कार्यसञ्चालनका लागि विभाग पूर्ण रूपमा सकारात्मक रहेको कुरा स्पष्ट पार्दै सचिव सुश्री अन्नपूर्ण अल्लेले सञ्चार क्षेत्रका समस्याहरूलाई समयमै सम्बोधन गर्न हरेक तीन महिनामा (त्रैमासिक) समीक्षा बैठक आयोजना गरिने आश्वासन दिनुभयो। यस व्यवस्थाले विभाग र सञ्चार जगत्बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आपसी समन्वयलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

About Author

Advertisement