प्रेरणा शाखाद्वारा सेनासित रक्षाबन्धन पालन

IMG-20230831-WA0002.jpg

गान्तोक: पश्चिम बंगाल सिक्किम प्रान्तीय मारवाड़ी युवा मञ्च अन्तर्गत सिक्किमको एकमात्र महिला शाखा मारवाड़ी युवा मञ्च प्रेरणा शाखा गान्तोकद्वारा आज हनुमानटोकमा देशको सेवाका निम्ति तैनाथ बसेका सेनाका जवानहरुसंग रक्षाबन्धन पर्व पालन गरियो। शाखा सदस्यहरु हनुमानटोक पूगी सबैभन्दा पहिला मन्दिरमा पूजा गरे र समाज, क्षेत्र, राज्य र देशमा एकता, भाईचारा र शान्तिका निम्ति प्रार्थना गरियो। यस अवसरमा सोही स्थानमा रहेका सेनाका जवानहरुलाई रिखी डोरी बाँधेर सुस्वास्थयकों कामना गरियो। प्रेरणा शाखाका सदस्यहरुले आफ्नो अनुभव राख्दै देशको रक्षाका लागि आफ्नो जीवन आहुति दिने वीर सैनिकलाई दिदीबहिनीको तर्फबाट यो राखी बाँधिएको जानकारी दिए। सेनाका जवानले घरबाट टाढा बस्दा दिदीबहिनीको अभावको अनुभूति नहोस् भन्ने उदेश्यले यस प्रकारको पहल गरिएको बताए। रक्षाबन्धनको अवसरमा वीर सैनिकहरूलाई बधाई दिँदै प्रेरणा सदस्यहरुले वीर सिपाहीहरूका कारण मात्रै हाम्रो मातृभूमि सुरक्षित रहेको बताए। सो अवसरमा सैनिकहरुलाई मिठाई खुवाएर तिलक लगाई राखी बाँधे भने सैनिकहरुको सुस्वास्थ्य र सुखी जीवनको कामना गरे। क्षेत्रमा तैनात जवानहरुले आजको पर्वमा राखी बाँधेर आफ्नो घरको सम्झनाको अभाव पूरा गरेको र हौसला प्रदान गरेको बताए।

About Author

Advertisement