डुवर्सकी गोर्खे छोरीले प्रधानमन्त्री मोदीलाई राखी बाध्दैछिन्

IMG-20230830-WA0151.jpg

डुवर्स: यसपटक डुवर्स चिया बगानकी सानी छोरीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई राखी बाँधेर ‘रक्षाबन्धन’ मनाउनका निम्ति आज प्रधानमन्त्री आवस गइन्। कक्षा पाँचमा अध्ययनरत १० वर्षीया बालिका सृष्टि शर्माले प्रधानमन्त्रीसँग रक्षा बन्धन मनाउन लागिरहेकी छन्। सृष्टि शर्मा टेलर लाइन, माथिल्लो चाङ्मारी चिया बगानकी बासिन्दा हुन्। सृष्टि हाल आफ्नो बुबा राजेश शर्मा र आमा मञ्जु शर्मासँग नयाँ अशोक नगर, नयाँ दिल्लीमा बस्छिन्। सृष्टि दिल्लीको एभरग्रीन पब्लिक स्कूल, नयाँ दिल्लीमा पाँच कक्षामा पढ्छिन्।

About Author

Advertisement