प्रीमियर लीगः जसोतसो म्याच ड्र गऱ्यो म्यानचेष्टर युनाइटेडले

IMG_20230209_121629.jpg

९ फरवरीः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर युनाइटेड जसोतसो हार्नदेखि बाँच्यो। म्यानचेष्टर युनाइटेड र लीड्स युनाइटेडबीच बुधवार राति खेलिएको म्याच २-२-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ६६ प्रतिशत पोजेशनको साथ खेले पनि म्यानचेष्टर युनाइटेड एक समय २ गोलले पछि रहेको थियो। लीड्स युनाइटेडबाट विल्फ्रिड ग्नोण्टोले पहिलो मिनटमै गोल गरे। त्यसपछि म्यानचेष्टर युनाइटेडका दिग्गज डिफेण्डर राफाएल भारानेले ४८औं मिनटमा आत्मघाती गोल गर्दा स्कोर लीड्सको पक्षमा २-० पुग्यो। दुई गोलपछि चाहिँ म्यानचेष्टर युनाइटेडले असाधारण पुनरागमन गऱ्यो। मार्कस रासफोर्डले ६२औं मिनटमा होम टीमलाई पहिलो गोल दिलाए। त्यसपछि जेडोन साञ्चोले ७०औं मिनटमा अझ एक गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए।

यस ड्र पछि म्यानचेष्टर युनाइटेड २२ वटा म्याचमा ४३ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी नै १६औं स्थानमा रहने लीड्स युनाइटेडसँग २१ वटा म्याचपछि १९ पोइण्ट रहेको छ।

About Author

Advertisement