इन्दौर: दिल्लीका युवा ब्याटर प्रियांश आर्यले मंगलवार सैयद मुश्ताल अली ट्रफी टी२० टुर्नामेण्टमा तमिलनाडुविरुद्ध इन्दौरको डेली कलेज मैदानमा केवल ६८ बलमा १८१ रनको विध्वंशी ईनिंग्स खेलेर खलबली मचाए। यसको साथै उनी टी२० क्रिकेटमा सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनाउने भारतीय ब्याटर बने। यसको साथमा उनले एकाधिक रेकर्ड बनाए। देब्रे हातका २५ वर्षीय ब्याटर प्रियांशले म्याचमा शुरुदेखि नै तमिलनाडुका बलरहरूलाई शास्ती दिँदै म्याचमा चौका र छक्काको वर्षा गरे। उनले आफ्नो रेकर्डतोड़ ईनिंग्समा १९ वटा छक्का र ७ वटा चौका लगाए। प्रियांशले पावरप्लेको ६ ओभरमै ८ वटा छक्का लगाएर आफ्नो आक्रामक खेलको झलक देखाएका थिए। त्यसपछि केही समयको निम्ति संयमको साथ ब्याटिंग गरे पनि चाँड़ै गियर बदलिएर बलरहरूमाथि हमला शुरु गरे। उनले केवल ३६ बलमा आफ्नो शतक पूरा गरे। यो उनको टी२० करियरको तेस्रो शतक हो। आर्यले १४९-को व्यक्तिगत स्कोरमा तमिलनाडुका कप्तान साई किशोरको ओभरमा लगातार २ छक्काको साथ १५० रनको आँकड़ा पार गरे। यसको साथ उनी टी२० क्रिकेटमा १५० या त्यसभन्दा अधिक रन बनाउने तेस्रो भारतीय पुरुष ब्याटर बने। यसअघि केएल राहुल र तिलक वर्माले यस उपलब्धिलाई हासिल गरेका थिए। राहुलले १५२ र तिलकले अविजित १५१ रन बनाएका थिए। प्रियांश त्यहीँ रोकिएनन् अनि आफ्नो आक्रामज मिजास जारी राख्दै १८१ रन बनाएर आउट भए। प्रियांशले आफ्नो ईनिंग्समा १९ वटा छक्काको साथ अझ एउटा ठूलो रेकर्ड बनाए। उनले एउटा टी२० ईनिंग्समा सर्वाधिक छक्का लगाउने मामिलामा पुनीत बिष्टको १८ वटा छक्काको भारतीय रेकर्ड तोड़े। यसरी समग्रमा उनले एउटा टी२० ईनिंग्समा सर्वाधिक छक्का लगाउने मामिलामा फिन एलनको विश्व रेकर्डको पनि बराबरी गरे। एलनले १२ जून २०२५-मा सान फ्रान्सिस्को यूनिकर्नबाट खेल्दै वशिंगटनविरुद्ध मेजर लीग क्रिकेटको म्याचमा १९ वटा छक्का लगाएका थिए। प्रियांश १९औं ओभरमा एम सिद्धार्थको बलमा आउट भए। उनी टी२० क्रिकेटमा सर्वोच्च व्यक्तिगत स्कोरको विश्व रेकर्डदेखि केवल ८ रन टाढ़ा रहे। दक्षिण अफ्रिकाका लुआन-ड्रे प्रिटोरियसले टाइटन्सबाट खेल्दै २ अक्टोबर २०२६-मा नाइट्सविरुद्ध अविजित १८८ रन बनाएका थिए। मंगलवार प्रियांशले क्रिस गेलको रेकर्ड चाहिँ तोड़े, जसले २०१३-मा रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेल्दै पुणे वरियर्सविरुद्ध अविजित १७५ रन बनाएका थिए। प्रियांशको विध्वंशी ईनिंग्सको सहायताले दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २७५ रनको विशाल स्कोर बनायो। यो दिल्लीको टी२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठूलो स्कोर हो। यसरी सैयद मुश्ताक अली टुर्नामेण्टको इतिहासमा पनि यो सर्वाधिक स्कोर हो। प्रियांशले आज २६६.१७-को स्ट्राईक रेटले रन बनाए। आईपीएलमा प्रियांश पञ्जाब किंग्सबाट खेल्छन्।





