प्रायः २०० कार्यकर्ता भाजपा छोडेर तृणमूल कङ्ग्रेसमा सामेल

कुचबिहार: ‘भाजपा कठिन समयसँगै उभिदैन। त्यो बेला बोलाउँदा भाजपाका मान्छे देखिँदैनन्’ भनि भारी गुनासो निकाल्दै शुक्रबार लगभग २०० कार्यकर्ता बीजेपी छाडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। बीजेपी प्रदेश अध्यक्ष सुकान्त मजुमदार कुचबिहार जिल्लामा उपस्थित हुँदा यो घटनाले ठूलो महत्त्व राख्छ। सुकान्त मजुमदार कुचबिहार जिल्लामा उपस्थित हुँदा यति धेरै कार्यकर्ताहरू भाजपा छोडेर तृणमूलमा सामेल हुनुलाई राजनीतिक विशेषज्ञहरूले महत्त्वपूर्ण ठान्छन्। यस दिन, कुचबिहार उत्तर विधानसभा क्षेत्रको मधुपुर क्षेत्रका विधायक सुकुमार रायको निकट मानिने भाजपा कार्यकर्ताहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूल कङ्ग्रेसमा सामेल भएका चैतन्य दास नामका कार्यकर्ताले भने, ‘मैले बीजेपीमा कुनै पनि काम राम्ररी गर्न सकिन। त्यसैले आज म भाजपा छोडेर तृणमूलमा आएँ। कूचबिहार जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष अभिजीत डे भौमिकले भने, “पुन्डीबाडी मधुपुर क्षेत्रमा धेरै भाजपा कार्यकर्ता तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। उनीहरूलाई तृणमूल कङ्ग्रेसमा स्वागत छ। परिणाम स्वरूप तृणमूल कङ्ग्रेस बलियो भएको छ। पञ्चायत चुनाव सम्म भाजपा यस क्षेत्रमा शून्य हुनेछ।”

About Author

Advertisement