खोरीबारी: आज जिल्ला स्तरीय प्राणी सम्पद विकास सप्ताह पश्चिमबंग सरकारको प्राणी सम्पद विकास विभागको पहलमा खोरीबारीमा पालन गरियो। विभिन्न कार्यक्रमको माध्यमद्वारा प्राणी सम्पद विकास सप्ताह पालन गरिएको यस शिविरमा कृषि तथा प्राणी सम्पदको विविध दोकानहरू लगाइएको थियो। यसको साथै जिल्ला स्तरीय पुरस्कार वितरण प्रदर्शनी, बस अनि चित्र बनाऊ प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। यस विषयमा सभाधिपति अरूण घोषले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले प्राणी सम्पद विकासको हितमा के के पहल गरेको छ भन्ने शिविरमा अवलोकन गराइएको छ। ब्लक ब्लकमा प्राणी सम्पद विकास सप्ताह समाप्त भएपछि जिल्लामा यो कार्यक्रमको आयोजना गरिनेछ।











