प्रमोशकर ब्लोनले अजयलाई दिए घर घेर्ने चुनौती

दार्जिलिङ: जीटीएको घुम जोरबंगलो समष्टिको सभासद प्रमोशकर ब्लोनले हाम्रो पार्टीलाई त्यागेपछि ब्लोन हाम्रो पार्टीको निम्ति दुश्मन नै बनेको प्रमोस्कर ब्लोनको भनाई छ। आज चुङथुङमा आयोजित एउटा सभामा प्रमोषकर ब्लोन हाम्रो पार्टीमाथि बर्सिए। उनले भने, “हिजो कोर्टमा गएका दाज्यूहरु, कोर्टले केस खारिज गरेपछि फेरि पुरानो ट्रयाकमा नै फर्कनु भएको छ। अब घर घेराऊ गर्छौ।”
प्रमोस्कर ब्लोनले अघि भने, घर घेर्छ भनेर सुनेको धेरै भई सक्यो। वाक्क भई सक्यो। मेरो घर घेर्नु आउनुहोस्। सबैलाई स्वागत छ। मेरो घरमा कुखुरा पाउनु हुनेछ। घर घेर्दा मेरो कुखुरालाई चारो पनि हालिदिनुस्। तर मेरो घर घेर्दा तपाईंको दाज्युको घर पनि घेर्न नपरोस्। मेरो घरमा कुखुरा मात्र पाउनु हुन्छ। तपाईंको दाज्युको घरमा महँगो महंगो के के पनि पाउनु हुन्छ। मेरो घर घेर्दा म लाटा जस्तो हेरी बस्छु?’

About Author

Advertisement