प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणका लागि प्रस्थान

6d775db6-08f4-41c6-9471-a1c667c2d046

काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देल आज चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। चीनको औपचारिक निमन्त्रणामा भदौ २८ गतेदेखि असोज ३ गतेसम्म उनी चीन भ्रमणमा रहनेछन्।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउनेछन्।
बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।
नेपाली सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्नेछ।”
भ्रमणअघि प्रधान सेनापति सिग्देललाई जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गार्ड प्रदान गरेको थियो।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीलाई कार्यवाहक प्रधान सेनापतिको जिम्मेवारी दिइएको छl

About Author

Advertisement