नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उज्बेकिस्तानको उच्च र प्रतिष्ठित नागरिक सम्मान ‘ऑली दर्जाली दोस्तलिक’ अर्डरबाट सम्मानित हुनुभएको छ। दुई देशबीचको कूटनीतिक तथा सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउन र अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रभाव बढाउन योगदान पुर्याएको भन्दै उहाँलाई यो सम्मान प्रदान गरिएको हो।
यो उपलब्धि भारतको बढ्दो विश्वव्यापी प्रभाव र उज्बेकिस्तानसँगको यसको प्राचीन सभ्यतागत सम्बन्धका लागि अत्यन्त गर्वको क्षण हो।





