नयाँ दिल्ली: लोकसभामा विपक्षका नेता अधीर रञ्जन चौधरीले भने, ‘मणिपुर मुद्दामाथि प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा बोल्न तयार छैनन्। यस अवस्थामा हामीसित अविश्वास प्रस्ताव ल्याउन बाहेक अन्य कुनै विकल्प छैनl’ चौधरीले बिहीबार संसद भवन परिसरमा मीडियासितको बातचितमा भने, ‘हामीलाई थाहा छ, हामीले अविश्वास प्रस्ताव ल्याउँदैमा उनको सरकार सत्ताच्युत हुँदैन, तर हामीसित योबाहेक अन्य कुनै विकल्प नै छैन। हामी यतिमात्र चाहन्छौं कि मणिपुर मुद्दामाथि प्रधानमन्त्री संसदमा बोलुन्l’
समाजवादी पार्टी प्रमुख एवं सांसद अखिलेश यादवले भने, ‘मणिपुरमा जे पनि भइरहेको छ त्यो हामी कसैबाट पनि लुक्न सकेको छैन। यस मुद्दामा संसदमा कुरा हुनुपर्छ। किनभने मणिपुरमा भएका घटनाहरू बारे सरकारलाई जानकारी होला। यसैले यस मुद्दामाथि सदनमा बातचित गर्न आवश्यक छ। कांग्रेस सांसद शशि थरूरले भने, ‘मणिपुरमा जे भयो त्यो भयानक छ। त्यहाँ ५५ हजारभन्दा अधिक मानिसहरूलाई आफ्नो घरबाट विस्थापित हुन परेको छ। त्यहाँ उब्जेको हिंसाको कारणले १४९ मानिसहरू मारिएका छन्। यो कुनै सानो समस्या होइन। यी नै समस्याहरूमाथि विकोध जनाउनको निम्ति विपक्षी नेताहरूले कालो कपड़ा पहिरिएका हुन्l’ कांग्रेस सांसद गौरव गोगोईले भने, ‘प्रधानमन्त्री मोदीलाई मणिपुरको कुनै चिन्ता छैन। उनले देश-विदेशमा गएर लगातार भाषण दिरहेका छन्, तर मणिपुर मुद्दामाथि संसदमा बोल्न तयार छैनन्l’ उल्लेखनीय छ, गए मंगलबार गृहमन्त्री शाहले लोकसभामा विपक्षका नेता अधीर रञ्जन चौधरी र राज्यसभामा नेता प्रतिपक्ष खड़गेलाई पत्र लेखेर मणिपुर मुद्दामाथि चर्चा गर्ने अनुरोध गरेका थिए। शाहले भनेका थिए, ‘सरकार यस मुद्दामाथि चर्चा गर्नको लागि तयार छ। यस मुद्दामा सरकार केही पनि लुकाउन चाहँदैनl’ –हिस









