प्रधानमन्त्री मोदीको नेतृत्वमा नयाँ भारत निर्माण भइरहेको छ: सांसद विष्ट

FB_IMG_1768554164587

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले सामाजिक संजाल मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एक साहसी, समृद्ध र आधुनिक नयाँ भारत निर्माण भइरहेको र यस दृष्टिकोणमा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्र आर्थिक तथा पूर्वाधार विकासको केन्द्रमा रहेको छ भनि उल्लेख गरे।
सांसद विष्टले अझ अघि भने १७ जनवरीका दिन प्रधानमन्त्री मोदीले कोलकाता-गुवाहाटी जोड्ने भारतको पहिलो वन्दे भारत रेललाई झण्डा देखाएर प्रस्थान गराउने छन्। यो रेल हावडा-माल्दा टाउन-नयाँ जलपाइगुडी-न्यू कूचबिहार-न्यू बोंगाइगाउँ हुँदै गुवाहाटी (कामाख्या) सम्म सञ्चालन हुनेछ।यसका साथै, प्रधानमन्त्रीले यस क्षेत्रबाट छ वटा नयाँ रेल सेवाको पनि उद्घाटन गर्नेछन्।
नयाँ जलपाइगुडी-नागरकोइल अमृत भारत एक्सप्रेस।
नयाँ जलपाइगुडी-तिरुचिरापल्ली अमृत भारत एक्सप्रेस।
अलीपुरद्वार-एसएमभीटी बेंगलुरु अमृत भारत एक्सप्रेस।
अलीपुरद्वार-मुम्बई (पनवेल) अमृत भारत एक्सप्रेस।
राधिकापुर-एसएमभीटी बेंगलुरु एक्सप्रेस।
बालुरघाट–एसएमभीटी बेंगलुरु एक्सप्रेस।
विष्टले सामाजिक संजालमा यी नयाँ रेल सेवाले यस क्षेत्रका जनताको यात्रा अझ सरल, सहज र किफायती बनाउने स्पष्ट पारे।
सांसद विष्टले जानकारी गराए अनुसार कोरोनेसन पुलको वैकल्पिक परियोजनाका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम (एनएचआईडीसीएल) ले सिलगढी–दार्जिलिङ वैकल्पिक राजमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन (एफआर), विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र पूर्व-निर्माण कार्यका लागि टेन्डर पेश गर्ने अन्तिम मिति २१ जनवरी २०२६ तोकेको छ। साथै यी परियोजनाहरू सम्पन्न भएपछि यस क्षेत्रको यातायात, पर्यटन र पहुँचमा ऐतिहासिक परिवर्तन आउनेछ। दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताका लागि सहज सम्पर्क सुनिश्चित गर्ने हाम्रो सामूहिक प्रयास निरन्तर जारी रहनेछ।
अन्तमा विष्टले यस क्षेत्रका युवाहरू रोजगारीका लागि बाहिर पलायन हुन नपरोस्, यस क्षेत्रले प्रगति गरोस् र सम्पूर्ण भारतकै सबैभन्दा शान्तिपूर्ण तथा विकसित क्षेत्रमध्ये एक बनोस् भनि संजालमा व्यक्त गरे।

About Author

Advertisement