प्रधानमन्त्रीले दिए सिक्किमका मुख्यमन्त्रीलाई सहयोग गर्ने वचन

PM-Narendra-Modi-2

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुराकानी गरेका छन्l प्रधानमन्त्रीले सिक्किमको केही भागमा दुर्भाग्यपूर्ण प्राकृतिक आपदालाई ध्यानमा राख्दै स्थितिबारे जानकारी लिए। यस स्थितिमा सक्दो सहयोग गर्ने उनले आश्वासन दिए। सबै प्रभावित मानिसको सुरक्षा अनि कल्याणको निम्ति पनि प्रधानमन्त्री मोदीले प्रार्थना गरे।

प्रधानमन्त्रीले एक्समा पोस्ट गरेका छन्, ‘सिक्किमका मुख्यमन्त्री पीएस तामाङसँग कुरा गरें अनि राज्यको केही भागमा दुर्भाग्यपूर्ण प्राकृतिक आपदालाई ध्यानमा राख्दै स्थितिको जानकारी लिएँ। चुनौतीलाई सम्बोधित गर्न सक्दो सहयोगको आश्वासन दिएँ। म प्रभावित सबै मानिसको सुरक्षा र कल्याणको निम्ति प्रार्थना गर्दछुl’

About Author

Advertisement