प्रधानमन्त्रीको आवासमाथि देखियो ड्रोन, जाँच शुरू

Drone-copy

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको ७ लोक कल्याण मार्ग आवासमा आज बिहान एउटा ड्रोन देखियो। दिल्ली पुलिसले यस सम्बन्धमा जाँच शुरू गरेको छ। दिल्ली पुलिसअनुसार, प्रधानमन्त्रीको आवास ‘नो फ्लाइङ जोन’ मा पर्दछ। उनको आवासमाथि ड्रोन उड़ेको सूचना प्राप्त भएको थियो। प्रधानमन्त्रीको सुरक्षामा तैनात एसपीजीले यस सम्बन्धमा जानकारी दिएको थियो। यसपछि पुलिसले एरियामा खोजी अभियान शुरू गरेको छ। तर, यस प्रकारको कुनै पनि अब्जेक्टको बारेमा थाहा लागेन। एयर ट्राफिक कण्ट्रोल रूमसॅंग पनि सम्पर्क गरिएको छ। उनीहरूले पनि यस प्रकारको अब्जेक्ट देखिएको कुरा अस्वीकार गरेका छन्। मामिलाको जाँच चलिरहेको छ। -हिस

About Author

Advertisement