प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले आज पार्टी प्रदेश अध्यक्षको पदबाट राजीनामा

d2f2ee43-2c42-4859-a773-31af6683478d

गान्तोक- भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशले अध्यक्ष डीबी चौहानप्रति हार्दिक आभार एवं अभिनन्दन व्यक्त गर्दै आगामी दिनको निम्ति शुभकामना व्यक्त गरेको छ। प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले आज पार्टी प्रदेश अध्यक्षको पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई राजीनामा दिएको जनाएका छन्।

प्रदेश भाजपा प्रचार शाखाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, डीबी चौहानले ६ जनवरी, २०१६ मा पहिलोपल्ट भाजपा सिक्किम प्रदेश अध्यक्षको पदभार ग्रहण गरेका थिए भने १५ फरवरी, २०२० मा पार्टी राष्ट्रिय अध्यक्ष जेपी नड्डाले दोस्रोपटक प्रदेश अध्यक्षको पदमा नियुक्त गरेका थिए। चाँड़ै उनको तीन वर्षीय दोस्रो कार्यकाल समाप्त हुनगइरहेको थियो। प्रदेश अध्यक्षको रूपमा संघर्षमय सात वर्ष लामो कार्यकाललाई कुशलतापूर्वक निर्वहन गर्दै शुरूमा एक मुठी कार्यकर्ता रहेको पार्टीलाई राज्यकै दोस्रो शक्तिशाली राजनैतिक संगठनको रूपमा चिनाउँदै पार्टीलाई एउटा नयाँ उचाईमा पुऱ्याउन सफल भएकोमा भाजपा सिक्किमले चौहानप्रति हार्दिक आभार एवं अभिनन्दन व्यक्त गर्दै आगामी दिनको निम्ति शुभकामना व्यक्त गरेको छ।

About Author

Advertisement