वीरपाडा: स्वतन्त्रताको अमृत महोत्सवका अवसरमा ७५औँ स्वतन्त्रता दिवस देशभर विभिन्न कार्यक्रमको साथ हर्षोल्लासका साथ मनाइँदैछ| भारत भुटान सीमान्त कालापानी वनबस्ती क्षेत्रका जनतामा देशभक्तिको भावना जागृत गर्दै १७ बटालियन सशस्त्र सीमा बल फालाकाटा बीओपी कालापानीले पनि यसैअन्तर्गत ‘प्रत्येक घर तिरंगा’ अभियानलाई पूर्ण जोशका साथ कालापानीको गुवाबारी लाइन अनि मन्दिर लाइन क्षेत्रमा प्रत्येक घर तिरंगा यात्रा निकालियो| भारतभुटान सीमा कालापानीस्थित नेपानिया कालापानी आईटीडीपी प्राथमिक पाठशाला परिसरमा पनि प्रत्येक घर तिरंगा अभियान सुरु गरेको छ| हर घर तिरंगा कार्यक्रम १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदै समापन गरिने छ| एसएसबीको १७औँ बटालियन फालाकाटाका कमाण्डेन्ट सञ्जीवकुमार सिंहको निर्देशनमा बीओपी कालापानीले प्रत्येक घर तिरंगा अभियान बीओपी इन्चार्ज सब इन्स्पेक्टर ललित मोहनको नेतृत्वमा शुरु गरेको छ| यस कार्यक्रममा सीमा क्षेत्रका भारतीय जनतामा निकै उत्साह देखिएको छ|
कार्यक्रमको नेतृत्व सब इन्सपेक्टर ललित मोहनले गरेका थिए भने ललित मोहनको बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गरियो| जसमा शिविरका सम्पूर्ण सशस्त्र सीमा बल जवान तथा गाउँलेहरूको उत्साहजनक सहभागिता रहेको थियो| यस सम्बन्धमा स्थानीय गाउँलेहरूले बताएका छन्| यति धेरै देशभक्त र अनगिन्ती स्वतन्त्रता प्रेमी र वीरहरूले यस कार्यको लागि आफ्नो जीवन अर्पण गरेपछि हामीले स्वतन्त्रता पाएका हौँ| गाउँलेहरूलाई अपील गरियो की हामी सबैले आफ्नो राष्ट्रप्रति आदर र सेवा गर्नुपर्छ| राष्ट्रिय झण्डाको स्वाभिमान कायम राख्दै राष्ट्रप्रतिको भक्ति राख्नुपर्छ| देशलाई कुनै पनि विपत्तिमा हाम्रो आवश्यकता परेमा हामी सबै आआफ्नो सर्वस्व त्याग गर्न तयार हुनुपर्छ भनी आह्वान गरे| कार्यक्रममा प्रत्येक घरलाई तिरंगा प्रदान गरियो| उक्त कार्यक्रममा स्थानीय पञ्चायत सदस्य सालु दर्जी, शिक्षक तथा समाजसेवी भोजबहादुर भुजेल, दीपक थापा, वन विभागका बाबुल खान आदि उपस्थित थिए|











