लण्डन: बालोन डी’ओर २०२६ पुरस्कार समारोहमा ईंग्ल्याण्डका कप्तान तथा बायर्न म्यूनिखका स्टार स्ट्राईकर ह्यारी केनले इतिहास रचे। केनले फूटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार पुरुषहरूका बालोन डी’ओर आफ्नो नाम गरे। उनी यस प्रतिष्ठित पुरस्कारले सम्मानित हुने २५ सालपछि ईंग्ल्याण्डका पहिलो फूटबलर बने। यसअघि माइकल ओवेनले २००१-मा बालोन डी’ओर जितेका थिए। लण्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाड़ी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं ईंग्लिश खेलाड़ी हुन्। यसअघि स्टान्ली म्याथ्युजले १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले १९७८ र १९७९-मा यस पुरस्कारलाई जितेका थिए। केनलाई गत सीजनमा क्लब र देशको निम्ति असाधारण प्रदर्शन, रेकर्डतोड़ गोल र ठूलो ट्रफीहरू जितेको इनाम हासिल भएको छ। केनले पुरस्कारको होड़मा फ्रान्सका कीलियन एम्बाप्पे र स्पेनका युवा खेलाड़ी लामिन यमाललाई पछि छोड़ेर पहिलो स्थान हासिल गरे। रियल म्याड्रिडका एम्बाप्पे दोस्रो र बार्सिलोनाका यमाल तेस्रो स्थानमा रहे। यसरी बार्सिलोनाबाट खेल्ने स्पेनका मीडफिल्डर रोड्री चौथो र अर्जेण्टिनाका पूर्व फूटबलर लियोनल मेस्सी पाँचौं स्थानमा रहे। मेस्सीले रेकर्ड ८ पल्ट बालोन डी’ओर पुरस्कार जितिसकेका छन्। महिला वर्गमा स्पेनकी एलेक्सिया पुटेलासले तेस्रोपल्ट बालोन डी’ओर पुरस्कार जितिन्। बार्सिलोनासँग अझ एउटा असाधारण सीजन बिताउने पुटेलासले महिला फूटबलको सर्वोच्च व्यक्तिगत सम्मानलाई फेरि हासिल गरिन्। उनले यसअघि २०२१ र २०२२-मा लगातार यस पुरस्कारलाई जितेकी थिइन्।
ह्यारी केनको निम्ति २०२५-२६ सीजन व्यक्तिगत र टोली उपलब्धिहरूका दृष्टिकोणले यादगार रह्यो। उनले क्लब र देशको निम्ति जम्मा ६५ वटा म्याचमा ७३ गोल गर्नको साथै ८ वटा असिस्ट गरे। गोल गर्ने असाधारण क्षमताले उनलाई यूरोपेली फूटबलका सबैभन्दा प्रभावशाली स्ट्राईकरहरूमा सामेल गऱ्यो। केनले आफ्नो क्लब बायर्न म्यूनिखको साथ बुण्डेसलीगा (जर्मनीको शीर्ष घरेलु लीग) र जर्मन कपको खिताब जिते। जर्मन कपको फाइनलमा स्टटगार्टविरुद्ध उनले यादगार ह्याट्रिकको साथ टोलीलाई खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। बायर्नको निम्ति उनको भूमिका केवल गोल गर्नसम्म सीमित रहेन। उनले आक्रमणलाई दिशा दिने, साथीहरूसँग मौका बनाउने अनि दबाउको समय टोलीलाई नेतृत्व गर्नमा पनि महत्त्वपूर्ण योगदान दिए। ईंग्ल्याण्डका कप्तानको रूपमा पनि केनले राष्ट्रिय टोलीको निम्ति प्रभावशाली प्रदर्शन गरे। उनले यस साल भएको फिफा विश्व कपमा ६ गोल गरी ईंग्ल्याण्डलाई सेमिफाइनलसम्म पुऱ्यााउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। विश्व कपमा देशको निम्ति सर्वाधिक गोल गर्ने मामिलामा उनले महान ग्यारी लिनेकरलाई पनि पछि छोड़े। ईंग्ल्याण्डले सेमिफाइनलमा अर्जेण्टिनाविरुद्ध हारको सामना गर्नु पऱ्यो तर तेस्रो स्थानको खेलमा टोलीले फ्रान्सलाई पराजित गरी काँस्य पदक जित्यो। टोलीका कप्तानको रूपमा केनको भूमिका र मैदानमा उनको योगदानले बालोन डी’ओर-को होड़मा उनको दावेदारीलाई अझ मजबूत गऱ्यो। यसरी महिला बालोन डी’ओर-मा एलेक्सिया पुटेलासले तेस्रोपल्ट पुरस्कार जितेर ठूलो उपलब्धि हासिल गरिन्। उनले बार्सिलोनाको साथमा आफ्नो असाधारण सीजनको अवधि एकाधिक खिताब जितिन्, जसमा च्याम्पियन्स लीग पनि सामेल छ। यसबाहेक उनले स्पेनलाई गत दिसम्बरमा महिला नेशन्स लीग च्याम्पियन बनाउनमा पनि सहायता गरिन्। ३२ वर्षीय मीडफिल्डर अहिले लण्डन सिटी लायनेसमा सामेल भएकी छन्। यसअघि उनले २०२१ र २०२२-मा लगातार २ पल्ट महिला बालोन डी’ओर जितेकी थिइन्। त्यसपछि घुँड़ाको चोटले गर्दा उनको करियर प्रभावित भयो अनि स्पेनकै उनकी साथी आइताना बोनमतीले लगातार ३ पल्ट पुरस्कार जितेर आफ्नो पहिचान बनाएकी थिइन्।





