प्रतिबन्धित नशालु ट्याबलेटसित एक व्यक्ति पक्राउ

5079.jpg

गान्तोक: देन्ताम पुलिसले देन्ताम बजार छेउ फरेस्ट चेक पोस्टमा एउटा वाहनबाट प्रतिबन्धित नशालु पदार्थसहित एकजना व्यक्ति पक्राउ गरेको छ। पुलिसले पक्रा गरेको व्यक्तिको नाम प्रमोद तामाङ हो भनी चिन्हित गरिएको छ।विश्वसनीय सूत्रले दिएको सूचनाको आधारमा आरोपित व्यक्तिको वाहनलाई देन्ताम बजार छेउ फरेस्ट चेक पोस्टमा रोकेर जॉंच गरियो। जॉंच अवधि वाहनबाट ४५ वटा प्रतिबन्धित विनस्पास्मो फोर्टे क्याप्सुल भेटियो। सो व्यक्ति गेजिङबाट देन्ताम गइरहेका थिए भन्ने जानकारी पुलिसले बताएका छन्। पुलिसले आरोपित व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

Advertisement