प्रतिबन्धित ट्याब्लेट र कफ सिरपसहित एक जना पक्राउ

IMG-20240901-WA0151

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाट पुलिसले ठूलो परिमाणमा लागूऔषध र कफ सिरपसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा पुलिसले मदारीहाट एघार माइल इलाकाबाट जयगाउँ मंगलाबादी बस्ने अमित छेत्री नामका एक व्यक्तिलाई पक्राउ गरी उनको साथबाट धेरै नशालु ट्याब्लेट र खोकीको सिरप बरामद गरेको छ। पुलिसले मुद्दा दर्ता गरी सम्पूर्ण मामिलाको अनुसन्धान शुरु गरेको छ। अभियुक्तले यी लागुऔषध कहाँबाट किनेको र कहाँ बेच्न गइरहेको थियो भन्नेबारे पुलिसले खोजी गरिरहेको छ। यस घटनामा अन्य को को संलग्न छन् भन्ने पनि पुलिसले खोजी गरिरहेको छ।

About Author

Advertisement