प्रतिकित्ता ७०७ रुपैयाँमा सीआईटीको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

IMG-20240723-WA0213
भद्रपुर: एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी)को संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वको ५० हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर जोकोहीले खरीद गर्न पाउनेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ निर्धारण गरिएको छ। शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १० हजार र बढीमा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ।

शेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सो स्थानमा पाइनेछ।

About Author

Advertisement