प्रज्ञा साझा मञ्चको नयाँ समिति गठन

खरसाङ: नेपाली साहित्य, कला, संस्कृति अनि समाज विकासका लागि स्थापित भएको प्रज्ञा साझा मञ्चको सभा आइतबार खरसाङमा सम्पन्न भयोl सुपरिचित समाज सेवक टीटी लामाको अध्यक्षता सम्पन्न भएको सभाको प्रारम्भमा मणिपुरको नोनीमा प्राकृतिक प्रकोपमा प्राण गुमाएका देशका वीर सौनिकहरु साथै अन्य सर्वसाधारण प्रतिक समवेदना प्रकट गर्दै एक मिनट मौनधारण गरेर श्रद्धाञ्जली अर्पण गरियोl सभामा साहित्य, कला, संस्कृति बारेमा चर्चा परिचर्चा गरियोl यस सभामा पहिलाको सभामा गठन गरिएको तदर्थ समिति विघटन गरेर नयाँ समिति गठन गरिएको छl नयाँ समितिका कार्यकारिणी सदस्यहरु यसप्रकार छन्: संरक्षक टीटी लामा, अध्यक्ष रमेश थापा, उपाध्यक्ष लिली थापा, सचिव उषा किरण ‘सत्यदर्शी’, सह सचिव युवराज सुन्दास र प्रीतम छेत्री, कोषाध्यक्ष बबिना लामा, सल्लाहकार तुलसी अधिकारी, कार्यकारिणी सदस्यहरु ऋषि राई, दिल थापा, नवराज ब्राह्मण, सुरेन कटुवाल, सूर्यनारायण प्रधान, सुदर्शन प्रधान, देवराज मुखिया, रचना अनाकार र सञ्जय प्रधानl प्रज्ञा साझा मञ्चले नेपालीसाहित्य, कला, संस्कृति अनि समाज विकासका लागि कार्य गर्ने निर्णय लिएको छ।

About Author

Advertisement