पूर्व सिन्कोना निर्देशकको निधनमा शोक सभाको आयोजना

nid-1024x498-1

मङपु: सिन्कोना बगानका पूर्व निर्देशक बीबी बस्नेतको निधनमा आज सिन्कोना निर्देशक कार्यालय मङपुमा शोक सभाको आयोजना गरियो। दीप थापाले सञ्चालन गरेको सभामा सिन्कोना बगान निर्देशक डा. सामुएल राईले बीबी बस्नेतको निधनमा गहिरो शोक प्रकट गरेका छन्। उक्त शोक सभामा सिन्कोना बगानका व्यवस्थापक गोपाल लामिछाने, सह-व्यवस्थापक महम्मद मुस्ताफा, स्पेशल अफिसर निर्मल भूजेल, किरानी प्रमुख सुधा गुरूङ, युडीसी सुरेन तामाङ, सुरभि बराइली, सरिता राई, एलडीसी, दीपक तामाङ, कार्यालय कर्मचारी ज्योति राई साथै सहयोगीहरू किशन प्रधान, अञ्जु तामाङ, विवेक तामाङ, अभिमन्यु गुरूङ, वाच एण्ड वार्डका निरस परियार, सुकबहादुर तामाङ लगायत अन्य सामेल थिए। यस अवधि गोपाल लामिछाने, निर्मल भूजेल, निर्देश डा. सामुएल राईले पूर्व निर्देशक बीबी बस्नेतको स्मरण गर्दै तिनले सिन्कोना बगानलाई पुऱ्याएको विविध योगदानबारे सबैलाई अवगत गर्दै मृतकको आत्मले बैकुण्ठमा वास पाओस् भनि प्रार्थना गरे।

About Author

Advertisement