पूर्व राज्यसभा सांसद ओम प्रकाश माथुर सिक्किमका नयाँ राज्यपाल नियुक्त

IMG-20240728-WA0262

गान्तोक: सिक्किम राज्यले नयाँ राज्यपाल पाएका छन्। वरिष्ट राजनीतिज्ञ अनि भारतीय जनता पार्टीका नेता ओम प्रकाश माथुर सिक्किमका नयाँ राज्यपाल मनोनित भएका छन्। उल्लेखनीय छ, देशका राष्ट्रपति द्रोपदी मुर्मूले शानिबार राति जम्मा ९ वटा राज्यमा नयाँ राज्यपाल नियुक्तिको सिफारिशलाई मञ्जुरी प्रदान गरेको छ जसमध्ये ६ जना नयाँ नियुक्त राज्यपाल हुन भने तीजनाको नियुक्ति एउटादेखि अर्को राज्यमा भएको हो। यस क्रममा सिक्किमका निवर्तमान राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई आसामको राज्यपाल मनोनित गरिएको छ भने साथमा मणिपुरको अतिरिक्त कार्यभार पनि दिइएको छ। लक्ष्मण प्रसाद आचार्यले १६ फरवरी २०२३ देखि सिक्किमको राज्यपालको पदभार ग्रहण गरेका थिए। २ जनवरी १९५२ मा राजस्थानको पाली जिल्लाको वेदाल गाउँमा जन्मग्रहण गरेका ओम प्रकाश माथुरले राजस्थान युनिभर्सिटीबाट स्नातक तहसम्मको शिक्षा आर्जन गरेका छन्। पछि उनी राजनीतिक क्षेत्रमा आए अनि भारतीय जनता पार्टीको सदस्यको रुपमा राज्यसभा सांसद पनि बने। उनी सिक्किमको १६औं राज्यपाल बन्न पुगेका छन्।सिक्किममा राज्यपालहरूको इतिहास हेर्नु हो भने बीबी लाल सिक्किमका पहिलो राज्यपाल हुन्। त्यसपछि होमी जेएच तलियारखान, कोना प्रभाकार राव, भिष्म नारायण सिंह (अतिरिक्त प्रभार), टीभी राजेस्वर, एसके भट्नागर, राधाकृष्ण हरिराम, थाहिलानी, पी शिव शङ्कर, केभी रघुनाथ रेड्डी (अतिरिक्त प्रभार), चौधरी रन्धीर सिंह, केदार नाथ साहनी, भी रामा राव, आरएस गाभी (कार्यकारी), सुदर्शन अगरवाल, बाल्मिकी प्रसाद सिंह, श्रीनिवास दादासाहेब पाटिल, गंगा प्रसाद अनि लक्ष्मण प्रसाद आचार्य सिक्किमको राज्यपालको पदमा रहिसकेका छन्।

About Author

Advertisement