​पूर्व मुख्यमन्त्री ममता बनर्जीविरुद्ध उजुरी दर्ता, धार्मिक भावना भड्काएको आरोप

Screenshot_20260527_215320_Google

सिलगढी: पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीविरुद्ध भड्काउ अभिव्यक्ति दिएको र धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा प्रहरीले उजुरी (एफआईआर) दर्ता गरेको छ। भारतीय जनता पार्टी (भाजपा) की नेतृ एवं अधिवक्ता रिंकी चटर्जी सिंहको जाहेरीका आधारमा सिलिगुढी साइबर अपराध नियन्त्रण थानाले उक्त मुद्दा दर्ता गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ। सुरुमा प्रहरीले उजुरी लिन अस्वीकार गरे तापनि कानुनी दबाब र निरन्तरको प्रयासपछि मात्र मुद्दा दर्ता प्रक्रिया अघि बढेको जाहेरवाला सिंहले सिलगढीमा पत्रकारहरूसँगको कुराकानीमा बताएकी छन्।
​प्रहरीका अनुसार जाहेरीमा पूर्व मुख्यमन्त्री बनर्जीले सन् २०२५ मा आयोजना गरिएको एक धार्मिक कार्यक्रम र विधानसभा निर्वाचन अगाडि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित र्‍यालीमा हिन्दु धर्मावलम्बीहरूको भावनामा आघात पुग्ने गरी दुईवटा आपत्तिजनक टिप्पणी गरेको दाबी गरिएको छ। सार्वजनिक कार्यक्रममा बनर्जीले ‘एक विशेष समुदायले चाहेमा पाँच मिनेटभित्र अर्को समुदायलाई समाप्त पार्न सक्छ’ भनी अभिव्यक्ति दिएको जाहेरीमा उल्लेख छ। यस घटनालाई लिएर प्रहरीले बनर्जीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३५१ (१) (आपराधिक धम्की), धारा ३५२ (शान्ति भंग गर्ने नियतले जानाजानी अपमान गरेको) र धारा ३५३ (२) अन्तर्गत कानुनी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

About Author

Advertisement