पूर्व कप्तान रोहित शर्माको समर्थनमा अघि आयो बीसीसीआई

IMG-20260903-WA0168

मुम्बई: दिग्गज ओपनिंग ब्याटर रोहित शर्माको अन्तर्राष्ट्रिय करियरलाई लिएर गत केही समयदेखि जारी चर्चाहरूबीच भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले यसमाथि विराम लगाउने संकेत दिएको छ। भारतीय टोलीका पूर्व कप्तानले २०२७ विश्व कपमा खेल्ने विषयमा जारी चर्चाहरूबीच बीसीसीआई सचिव देवजीत सैकियाले रोहित अहिले असाधारण क्रिकेट खेलिरहेको अनि उनको भविष्यलाई लिएर अड़कलबाजी गर्ने आवश्यकता नरहेको बताएका छन्। मुम्बई स्थित बीसीसीआईको मुख्यालयमा बिहीवार भएको भारतीय टोलीको प्रदर्शन समीक्षापछि सैकियाले रोहितको समर्थन गरे। उनले भने, उनले असाधारण प्रदर्शन गरिरहेको तपाईंहरूले देख्नु भएको छ। रोहित अहिले असाधारण प्रदर्शन गरिरहेको हुनाले उनको भविष्यलाई लिएर अनावश्यक चर्चाहरू गर्ने आवश्यकता छैन। केही समय अघि चयन समितिका एकजना सदस्यले पूर्व कप्तानलाई एकदिने (वनडे) क्रिकेटमा अब उनलाई छोड़ेर अघि बढ़ने समय आएको सूचना दिएको खबर प्रकाशमा आएको थियो। त्यसपछि ईंग्ल्याण्ड यात्राको अवधि रोहितलाई लिएर चर्चाहरू शुरु भएको थियो। धेरैले लर्ड्समा पाँचौं एकदिने म्याच खेलेर रोहितले सन्न्यास लिन सक्ने सम्भावना पनि व्यक्त गरेका थिए। यसबीच रोहित स्वयंले चाहिँ यसबारे कुनै संकेत दिएनन् अनि मैदानमा आफ्नो ब्याटको साथ असाधारण प्रदर्शन गरी आलोचकहरूलाई उचित जवाफ दिएका थिए। रोहितले लर्ड्समा ईंग्ल्याण्डविरुद्ध एकदिने शृंखलाको अन्तिम म्याचमा १३८ रन बनाएका थिए।

About Author

Advertisement