८ नोभेम्बरः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को लक्ष्य आफ्नो पुनर्गठन योजनाहरूअन्तर्गत पूर्णकालिक आधारमा ५० जना पेशादार रेफरी राख्ने रहेको छ। एआईएफएफ अध्यक्ष कल्याण चौबेले यस्तो मत व्यक्त गरेका छन्। एआईएफएफ रेफरी समितिको बैठक नयाँ दिल्लीको फूटबल हाउसमा भयो, जसको अध्यक्षता फीफाका पूर्व रेफरी माइकल एण्ड्र्यूजले गरे। चौबेले समितिलाई आफ्नो सन्देशमा पेशादार रेफरीहरूका संख्या बढ़ाउने आफ्नो योजनाबारे बताए। यस्तो गर्दा उनीहरूलाई आफ्नो कौशलमा ध्यान केन्द्रित गर्नमा सहायता पुग्नेछ। चौबेले भने, हामी धेरै सुधार गर्नेछौं अनि रेफरीको मामिलामा आफ्नो काम गर्ने तरिकालाई पुनर्गठन गर्नेछौं।

चौबेले भने, समग्रमा हामी अलग थरीको रणनीति अप्नाउनमा विश्वास राख्दछौं कारण पहिलादेखि जारी प्रक्रियालाई नै अप्नाए परिणाम पनि पहिला जस्तै आउनेछ। हामी आफ्ना रेफरीहरूलाई ठूल्ठूलो अन्तर्राष्ट्रिय म्याचहरूमा अधिकारीको भूमिका निर्वाह गरिरहेको हेर्न चाहन्छौं, जसले भारतलाई गर्व हुनेछ। रेफरी समितिले एलीट रेफरी विकास कार्यक्रममाथि विचार-विमर्श गऱ्यो, जुन एआईएफएफ र उनीहरूका विपणन भागीदार फूटबल स्पोर्ट्स डेवलपमेण्ट लिमिटेड (एफएसडीएल)-बीच एउटा संयुक्त कार्यक्रम हुनेछ। मुख्य रेफरी ट्रेवर केटलले धेरै मुद्दाहरूमाथि प्रस्तावित पाँच वर्षीय योजनाको कुरा गरे, जसमा पेशादार रेफरी प्रक्रियामा बद्लाउको क्रम, रेफरी विकासमा राज्यहरूका भागीदारी अनि भारतीय रेफरी प्रणालीमा प्रौद्योगिरीको शुरुवात सामेल छ।

समिति परियोजनाको बारेमा सैद्धान्तिक रूपले सहमत भएको छ अनि सफल कार्यान्वयनको निम्ति एआईएफएफ प्रबन्धन अघि आउँदा पहिला वर्तमान नीतिको समीक्षा गर्ने अनि आवश्यकताहरू अनुसार एउटा नयाँ नीति तयार गर्ने निर्णय लिइयो। दोहोरो भूमिका निर्वाह गर्ने कुनै पनि व्यक्ति म्याच सञ्चालनको मामिलामा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नमा वाधा बन्न सक्ने समितिले अनुभव गऱ्यो। यसैकारण कुनै पनि कारण अहिले कुनै पनि कारणले निष्क्रिय रहने रेफरीहरूलाई ३१ दिसम्बर २०२२-सम्म अनलाइन पोर्टल आरएएसआई-को माध्यमले स्वयंलाई सक्रिय गर्ने अनुरोध गरिने पनि अनुशंसा गरियो। समितिले एकजना राज्य रेफरी अधिकारी र एकजना रेफरी मूल्यांकन प्रबन्धकको नियुक्तिको पनि सिफारिश गऱ्यो।










