पीसी अग्रवालद्वारा लिखित पुस्तक ‘आई लभ खरसाङ’ लोकार्पण

IMG-20260320-WA0095

यो पुस्तक खरसाङवासीको लागि इतिहास हो: अनित थापा

खरसाङ: खरसाङका वरिष्ठ व्यक्तित्व, खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान, समाजसेवी पीसी अग्रवालद्वारा लिखित पुस्तक ‘आई लभ खरसाङ’ को आज खरसाङमा लोकार्पण गरिएको छ। शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण पीसी अग्रवालका सुपुत्र अश्विन अग्रवालले राखेका थिए। कार्यक्रममा पीसी अग्रवालद्वारा लिखित पुस्तक ‘आई लभ खरसाङ’ को जीटीए प्रमुख अनित थापा, पद्यश्री प्रापक डा एकलव्य शर्मा, पूर्व सांसद शान्ता छेत्री, पूर्व विधायकद्वय डा रोहित शर्मा र एनबी छेत्री, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, मकैबारी चियाबारीका पूर्व मालिक राजा ब्यानर्जी, सभासदद्वय श्याम शेर्पा र नवराज छेत्री, गुम्बाका ख्याम्बो आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरिएको छ। यस अवसरमा लेखक पीसी अग्रवाल पनि उपस्थित रहेका थिए‌।

कार्यक्रममा पीसी अग्रवालद्वारा लिखित पुस्तक ‘आई लभ खरसाङ’को विधिवत् लोकार्पण गरिएको घोषणा अति विशिष्ट अतिथिको रुपमा उपस्थित जीटीए प्रमुख अनित थापाले गरेका थिए। कार्यक्रममा पीसी अग्रवालको जीवनी परिचय खरसाङका वरिष्ठ साहित्यकार जीबी बलले राखेका थिए। पीसी अग्रवालको जन्म २० मार्च १९३५ सालमा भएको थियो। उनले आफ्नोे ९१औं जन्म दिनको अवसरमा आफ्नो पुस्तक लोकार्पण गरेका हुन्।‌ कार्यक्रममा जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा भने, पीसी अग्रवाल सरको पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित हुन पाउँदा आफुलाई भाग्यमानी ठान्छु। पीसी अग्रवाल सरले खरसाङको लागि धेरै योगदान दिनु भएको छ। उनको यो पुस्तक खरसाङवासीको लागि इतिहास हो जुन खरसाङवासीलाई दिनु भएको छ।’
कार्यक्रममा लेखक पीसी अग्रवालले उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा डा. एकलव्य शर्मा, शान्ता छेत्री, ब्रिगेन गुरुङ लगायत अन्यहरुले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement