नयाँ दिल्ली: भारतीय ओलम्पिक संघ (आईओए) का अध्यक्ष पदको निम्ति हुने चुनाउमा यसपाली निक्कै फेरबदल देख्न पाइनेछ। वर्तमान अध्यक्ष पीटी उषाले यसपाली चुनाउ नलड़ने फसेला गरेकी छन्। यसरी पूर्व महासचिव राजीव मेहता, धनुकाँड़ संघका महासचिव वीरेन्द्र कुमार सचदेवा र लण्डन ओलम्पिकका पदक विजेता शूटर गगन नारंगले अध्यक्ष पदको निम्ति आफ्नो नामांकन दाखिल गरेका छन्। यसरी अब अध्यक्ष पदको निम्ति तीनजना उम्मेद्वारबीच प्रतिस्पर्धा हुनेछ। आईओए-को चुनाउ ५ दिसम्बरमा हुनेछ। नामांकन दाखिल गर्ने अन्तिम तारिख मंगलवार (२४ नोभेम्बर) थियो। पीटी उषा अन्तिम दिन पनि नामांकन दाखिल गर्ने आईओए भवन पुगिनन्। आईओए उपाध्यक्ष पदको निम्ति पूर्व लंग जम्प एथलीट अञ्जु बबी जर्ज र ओलम्पिक पदक विजेता बक्सर विजेन्दर सिंहले नामांकन दाखिल गरेका छन्। यसरी कार्यकारी समितिको निम्ति पूर्व हकी कप्तान रानी रामपाल, पूर्व धनुर्धर डोला ब्यानर्जी र ओलम्पिक पदक विजेता पहलवान योगेश्वर दत्तले आफ्नो दावेदारी पेश गरेका छन्। भारतीय बलिंग महासंघकी अध्यक्ष तथा आईओए की पूर्व उपाध्यक्ष सुनैना कुमारीले संयुक्त सचिव पदको निम्ति नामांकन दाखिल गरेकी छन्। यसरी भारतीय पौड़ी महासंघका अध्यक्ष आरएन जयप्रकाशले कार्यकारी परिषद पदको निम्ति नामांकन दाखिल गरेका छन्। आईओए कार्यकारी परिषदको चुनाउ ५ दिसम्बरमा हुनेछ। वर्तमान कार्यकारी परिषदको कार्यकाल १० दिसम्बरमा समाप्त भइरहेको छ। चुनाउ प्रक्रियाको देखरेखको निम्ति आईओए-ले दिल्ली र चण्डीगढ़का पूर्व चुनाउ आयुक्त सञ्जय कुमार श्रीवास्तवलाई निर्वाचन अधिकारी एवम् रिटर्निंग अफिसर नियुक्त गरेको छ।





