पिस्तोल देखाएर स्कुलमै छात्रासित दुष्कर्म गर्ने प्रयास, पुलिस समक्ष परिवारले लगाए गुहार

4

कुचबिहार : तूफानगञ्जको एउटा स्कुलमा पिस्तोल देखाएर छात्रासित दुष्कर्म गर्ने प्रयास गरेको एकजना छात्रविरुद्ध आरोप उठेको छ। उक्त नाबालिकाको परिवारका सदस्यहरूले घटनाबारे तूफानगञ्ज थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेको छ। नाबालिकाको आमाले बताएअनुसार हिजो स्कुलबाट घर आएपछि छोरीलाई उदास भएको अवस्थामा देखेर सोधखोज गर्दा उक्त स्कुलको १२ श्रेणीको एकजना छात्रले कुनै जानकारी बिनै छोरीको फोटो खिँचेर तिनलाई ब्ल्याकमेल गर्नको साथै पिस्तोल देखाएर छोरीसित दुष्कर्म गर्ने प्रयास गरेको थाहा पाइन्। तथापि, स्कुलका प्रधान अध्यापकले उक्त घटनाबारे कुनै जानकारी नभएको बताए।

About Author

Advertisement