सुकना: सुकना पेट्रोल पम्प परिसरमा आफ्नो बाबुको इन्साफ माग्दै अजय शर्मा भोक हड़तालमा बसेका छन्। विवेक शर्मा आफ्नो पिता शंकर शर्माको न्यायको माग गर्दै भोक हडतालमा बसेका छन्। अजय शर्माले यही काम गर्ने आफ्नो पिता शंकर शर्माले न्याय पाउनुपर्छ भन्दै भोक हड़तालमा बसेको आज दोस्रो दिन भएको छ। उनका पिता शंकर शर्माले यहाँ सन् १९८६ सालदेखि काम गर्दै आएको र उनले पाउनु पर्ने पीएफ, स्वस्थ बीमा, जीवन बीमा, आदि खोई भन्दै भोक हड़तालमा बसेका छन्। त्यसरी नै आफ्नो पिता शंकर शर्माले विगत ३७ वर्षदेखि पाउनु पर्ने सहुलियतहरू नपाएको र जोइन्ट गरेको समयदेखि अहिलेसम्मको तलबको फाइन खोई भनी प्रश्न गर्दै ओभर टाइम गरेको पैसा, वार्षिक छुटको पैसा र अलाउन्सरहरू खोई भनी प्रश्न गरेका छन्। उनले आफ्नो पिता र अन्य स्टाफहरूको लागि भोक हड़तालमा बसेको बताए।

उनले मेरो बाबा मात्र होइन तर यहाँ काम गर्ने सबै २२ जना स्टाफहरूको लागि पनि यो भोक हडताल बसेको जानकारी गराएका छन्। अजय शर्माले आफ्नो बिमारी पिताको लागि न्यायको माग गर्दै हिजदेखि नै भोक हड़तालमा बसेका छन् भने आज दोस्रो दिन पनि लगातार रूपमा हड़तालमा बसेका छन्। उनले पिताको न्यायको लागि विभिन्न मांगहरू गर्दै पत्रचार पनि गरेका छन्। उनले उक्त पत्रको एक प्रति श्रमायुक्त, आईओसीसी सेल्स अफिसर, बन्दना राई, खरसाङका विधायक, सुकना ग्राम पञ्चायत, सुकना पुलिस आउट पोष्टमा पनि दिएका छन्।










