पार्टी भित्र महासचिब र सभापति बीच जुहारी

IMG-20240704-WA0260

बिराटनगर: रास्वपाका महासचिब मुकुलको प्रतिवेदनमा अध्यक्ष रवि लामीछानेलाई सोधिएका १० प्रश्नः-चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको? सभापति आफैँ गृहमन्त्री भएर किन गएको? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?-जिबि राई कहिले समातिन्छन्? समात्न सकिदैँनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको?सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ।-सभापतिको सचिवालयमा मृदुभाषी भएनन्। यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन। किन ग्यालेक्सीको टिम धेरै भयो? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो?सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन? निर्मला पन्तलाई न्याय कहिले मिल्छ? ब्लु बस र रोजगारीको कुरा कता पुग्यो?-सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ। सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ। पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधाकुरा जनतासँगकार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्नj थाले।

About Author

Advertisement