पानी निकाल्दा कुआँमा झरेर व्यक्तिको मृत्यु

IMG-20230528-WA0320.jpg

नक्सलबारी: नक्सलबारीको चियाकमान फागु लाइन इलाकामा पानी निकाल्दा कुआँमा झरेर एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान तरसु उराव कुवाबाट पानी निकाल्न जाँदा खुट्टा चिप्लेर कुवाभित्र पसे।

मृतककी पत्नी आशा ओरावले भनिन्, आज बिहान पानी भरेको समय अचानक पति कुआँमा झरे। उनले चिच्याएको सुनेर परिजन दौड़ेर कुआँको नजिक पुगे। अथक प्रयासपछि उनलाई कुँआबाट बाहिर निकालेर नक्सलबाड़ी अस्पताल लगियो। जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।    अर्कोतिर, घटनाको सूचना पाएपछि नक्सलबाड़ी थाना पुलिस घटनास्थलमा पुग्यो। शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ। पुलिसले छानबीन शुरू गरेको छ।

About Author

Advertisement