पाण्ड्या अहिले थकित र निराश लागिरहेका छन्ः फिञ्च

IMG-20240504-WA0238.jpg

मुम्बई: आईपीएल २०२४-मा कमेण्ट्री गरिरहेका पूर्व क्रिकेटर एरोन फिञ्च र ग्रीम स्मिथले बताएअनुसार, स्टार अलराउण्डर हार्दिक पाण्ड्या थकित, हताश र दबाउमा रहेका छन्। यसैकारण उनको कप्तानीमा पाँचपल्टका च्याम्पियन मुम्बई इण्डियन्स आईपीएल २०२४-मा उराठलाग्दो प्रदर्शनको साथ प्लेअफ्-को दौड़बाट बाहिर भइसकेको छ। कलकत्ता नाइट राइडर्स विरुद्ध २४ रनले निराशाजनक हारपछि वानखेड़े स्टेडियममा शुक्रवार राति पाण्ड्याले फेरि घरेलु दर्शकहरूबाट हूटिंगको सामना गर्नु पर्यो । फिञ्चले भने, पाण्ड्या अहिले धेरै निराश र थकित लागिरहेका छन्। उनीमाथि अत्याधिक दबाउमा छ। म आफै पनि यस्तो स्थितिमा रहिसकेको छु जब तपाईंको कुनै पनि रणनीति काम लाग्दैन। टीमले असल प्रदर्शन नगर्दा कप्तान सदा दबाउमा रहन्छन् कारण कप्तानको काँधमा सम्पूर्ण टीमको जिम्मेवारी हुन्छ। दक्षिण अफ्रिकाका पूर्व कप्तान स्मिथले बताएअनुसार, पाण्ड्याको कप्तानीमा मुम्बई इण्डियन्सको टीम भ्रमित देखिएको छ। उनले भने, हार्दिक वास्तवमा जुझिरहेका छन् अनि उनीमाथि चरम दबाउ रहेको छ। ब्याटिंग लाइन अप्-मा पनि उनलाई भ्रमित देखिएको छ। तिलक वर्मा र नमन धीर मध्यक्रममा जुझिरहेका छन्। उनले पूरा सीजनमा तिलकलाई तेस्रो, सूर्यकुमार यादवलाई चौथो र आफूलाई पाँचौं नम्बरमा खेलाउनु पर्ने थियो। टिम डेविड छैटौं नम्बरमा उपयोगी हुनेछन् तर हार्दिकले बारम्बार ब्याटिंग क्रममा फेरबदल गरी काम बिगारेका छन्।

About Author

Advertisement