पाकिस्तान टेस्ट टीमबाट अफरीदीको छुट्टी

IMG-20240829-WA0243

लाहौर: टेस्ट सीरीजको पहिलो म्याचमा निराशाजनक हारको सम्मुखीन भएपछि दबाउमा परेर पाकिस्तान क्रिकेट टीमले बंग्लादेशविरुद्ध शुक्रवारदेखि शुरु हुने दोस्रो टेस्ट म्याचको निम्ति देब्रे हातका पेस बलर शाहीन शाह अफरिदीलाई टीमबाट बाहिर गरेको छ। पाकिस्तान टीम संयोजनको पूर्व खेलाड़ीहरूले कड़ा भाषामा आलोचना गरेका थिए, जसमा चारजना पेस बलर रहेका थिए। उनीहरूले प्रथम एकादशमा दुईजना स्पिनर खेलाउनुलाई असल विकल्प रहने बताएका थिए। टीमको घोषणापछि मुख्य प्रशिक्षक जेसन गिलेस्पीले भने, शाहीन परिस्थितिहरूसँग अवगत छन् अनि यो ब्रेक उनलाई आफ्नो परिवारसँग समय बिताउन दिइएको छ। हामीले उनीसँग कुराकानी गरेका छौं अनि हामी दोस्रो टेस्टको निम्ति सर्वश्रेष्ठ टीम चाहन्छौं। शाहीनले जुलाई २०२२-मा घुँड़ाको सर्जरीपछि केवल ६ वटा टेस्ट म्याच खेलेका छन्। उनलाई पहिलो टेस्ट म्याचमा पनि लय हासिल गर्न जुझिरहेको देखिएको थियो।
पाकिस्तान टीम यसप्रकार छः शान मसूद (कप्तान), सऊद शकील, मोहम्मद रिजवान (विकेटकीपर), नसीम शाह, सईम अयूब, सलमान अली आगा, अबरार अहमद, अब्दुल्ला शफीक, बाबर आजम, खुर्रम शहजाद, मीर हमजा र मोहम्मद अली

About Author

Advertisement