पाकिम जिल्लाका जिल्लापालले गरे बैठक

n63909442817315244530469b4419e73fa35cdfdbc9e9b4b52f09afe02b99408c1062bdb2caca96ae96184e

पाकिम: आगामी दिनमा पालन गरिने धर्ती आभा मेगा इभेन्ट तयारीलाई लिएर आज पाकिम जिल्लाका जिल्लापाल रोहन आगवानेको अध्यक्षतमा एक बैठक सम्पन्न भयो। विशेष गरेर पाकिम जिल्ला प्रशासन केन्द्र र सामाजिक कल्याण विभागको देखरेखमा र केन्द्रिय जनजाति मामिला मन्त्रालयको पहलमा कार्यक्रम आयोजना गरिने छ।आजको यस बैठकमा अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, उपनिर्देशक नेनला काजी लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। धर्ती आभा मेगा इभेन्टको एक मुख्य भागको रूपमा जनजातीय गौरव दिवस कार्यक्रम आगामी १५-२६ नोभेम्बरसम्म पालन गरिने छ। सो कार्यक्रम विभिन्न गतिविधिहरू मार्फत भारतका आदिवासी समुदायहरूको समृद्ध सांस्कृतिक सम्पदालाई मनाउन तयार गरिएको हो।

About Author

Advertisement