पाँच दिवसीय हाउस वाइरिङ प्रशिक्षणको समापन

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत योक्समको आईटीआईमा आयोजित पाँच दिवसीय प्रशिक्षण कार्यक्रमको आज समापन भयो। स्थानीय बेरोजगारी युवाहरूलाई लिएर हाउस वाइरिङमाथि गत ६ मार्चदेखि शुरू भएको प्रशिक्षण कार्यक्रमको आज समापन भएको हो। उक्त कार्यक्रमको उदघाटन जिल्ला अध्यक्ष डीएस लिम्बूले गत ६ मार्चको दिन गरेका थिए। यस प्रशिक्षण कार्यक्रममा सीमाना क्षेत्रका २० जना युवाहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। सिविक एवियसन प्रोग्राम अन्तर्गत आयोजना गरिएको यस कार्यक्रमको प्रायोजक ७२ बटालियन एसएसबी योक्सनले गरेको हो। आजको यस समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा पीएचई विभागका अध्यक्ष नारायण सुवेदी रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सुवेदीले अध्यक्षले आफ्नो सम्बोधनमा प्रशिक्षणको उपयोगितामाथि प्रकाश पार्दै प्रशिक्षणार्थीहरुलाई यस प्रशिक्षण कार्यक्रमली पेशागतरूपमा लिएर आयस्रोत र दिगो विकासको माध्यम बनाउन आग्रह गरे।उनले ७२औँ ब्याङ्क एसएसबी योक्समलाई यस प्रकारको अत्यावश्यक प्रशिक्षण कार्यक्रमले युवाहरुलाई प्रोत्साहन गरेको बताए। यस अवसरमा प्रशिक्षार्थीहरूले प्रशिक्षणमा आफूले सिकेका कुराहरू व्यवहारिक रूपमा प्रदर्शन गरे र व्यावहारिक पक्षहरूमा बढी ध्यान केन्द्रित गर्दै घरको तारको सबै प्रकारका नवीनतम विधिहरूबारे जानकारी गराए।

About Author

Advertisement