पाँच डेसीमल पट्टा स्थगित गराउन कमानवासीहरु साथै जोइण्ट फोरमको आफ्नो अहम भूमिका छ: बीरेन्द्र छेत्री

IMG-20230917-WA0211.jpg

खरसाङ: पाँच डेसीमल जमीनको पट्टा स्थगित गराउन कमानवासीहरुको ठूलो योगदान रहेको छ साथै जोइण्ट फोरमले यसमा आफ्नो अहम भूमिका निभाएको छ भनी गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयु खरसाङ ब्राञ्च कमिटीको सचिव बीरेन्द्र छेत्रीले बताएका छन्। उनले आज एक भिडियो जारी गर्दै बगान क्षेत्रको पाँच डेसीमल जमीनको पट्टा विषयमा बंगालको ठेकेदार गर्नेहरुले अब जिम्मेवारी लिन्दै स्थगित होइन तर यो अधिसूचनालाई रद्द गराउनुपर्छ कारण यो जोइण्ट फोरमको मांग हो भनी बताएका छन्। उनले हिज जोइण्ट फोरमको आयोजनामा दार्जीलिङमा र्‍याली अनि पथ सभामा भेला हुने सम्पूर्ण कमानवासीहरुलाई एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटीको तर्फबाट आभार व्यक्त गर्दै धन्यवाद दिन चाहान्छौं भनी बताएका छन् ।

About Author

Advertisement