पाँच कट्टाको साथ तीन युवक पक्राउ

कूचबिहार। तीन युवकलाई पाँच कट्टाको साथ जिल्ला पुलिसको अपराध शाखाले पक्राउ गरेको छ। तिनीहरू बिहारदेखि कूचबिहारमा आग्नेयास्त्र बेच्न पुगेका थिए। पक्राउ परेका तीनै आरोपित पूर्णिया (बिहार) का निवासी हुन्। मंगलवार पुलिस अधीक्षक सुमित कुमारले संवाददाता सम्मेलन गर्दै यो जानकारी दिए।
पुलिस अधीक्षक सुमित कुमार अनुसार, जिल्ला पुलिसको अपराध शाखाले सोमवार राति शहर नजिक हरिनचौराबाट बिहारको पूर्णिया निवासी राहुल कुमार महतो (२३), धनञ्जय शाह (३८) र सनी कुमार पासवान (२५) लाई पाँच वटा कट्टाको साथ पक्राउ गरेको छ। यी सबै युवक कट्टा बेच्न दिनहाटा गईरहेका थिए। जसको अपराध शाखालाई अगावै सुइँको लागिसकेको थियो। युवक आग्नेयास्त्र कसलाई बेच्न गईऱहेका थिए, यसको जाँच शुरू गरिएको छ।

About Author

Advertisement