पहाड़को सबै पञ्चायत समितिहरूको बोर्ड भागोप्रमोले गठन गर्नेछ: अनित थापा

IMG-20230717-WA0458.jpg

खरसाङ: पहाडको ९ वटा पञ्चायत समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गर्नेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आज बताएका छन्। आज खरसाङमा गोरूबथान खण्डको पञ्चायत समितिको बिजयी प्रार्थीहरू आएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापासित भेटघाट गरेका थिए। यस अवसरमा गोरूबथान खण्डको दुईजना निर्वाचित निर्दलीय सदस्याहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। दुईजना निर्दलीय प्रार्थीहरू लगायत जम्मा १२ जनाको पञ्चायत समितिको निर्वाचित सदस्यहरू खरसाङ आएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई भेटेर गोरूबथान खण्डको बोर्ड गठनको लागि दाबी गरेका थिए। उक्त अवसरमा समर्थन सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले पहाड़मा रहेको सबै ९ वटा पञ्चायत समितिको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै बोर्ड गठन गर्ने घोषणा गरेका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, “पहाडको सबै पञ्चायत समितिको बोर्ड हाम्रो हुन्छ। यो कुरा मैले चुनावको समय भनेको थिए र आज पनि भनिरहेको छु कि पहाड़को सबै पञ्चायत समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गर्नेछ।”
थापाले अघि भने, ‘आज गोरूबथान खण्डको पञ्चायत समितिको बोर्ड गठन गर्नलाई मलाई भेट्न आएका थिए अनि सबैले भेटेर गएका छन्। निर्दलीय प्रार्थीहरू सबै भगोप्रमोको परिवार हो। हार्ने र जित्ने सबै भागोप्रमोको हो। हाम्रो परिवारको सदस्यहरू थिए। तेति हो चुनावको समय टिकट वितरणमा केही भूल भएकोले निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका थिए तर उनीहरू सबै फर्केर आएका छन्। निर्दलीय प्रार्थीहरू सबै हाम्रो भनेर पहाड़का नेताहरूले भन्दै थिए। तर अहिले सबैले बुझ्दैछन् कि निर्दलीयहरू सबै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सदस्यहरू हुन् भनेर।’

About Author

Advertisement