पश्चिम बङ्गाल: सन्त एन्थोनी विद्यालयको वार्षिक कार्यक्रम सम्पन्न

21-13-22-MAN2-2.jpg

मडपू: मडपूको सन्त एन्थोनी “सेन्ट एन्थोनी” विद्यालयको वार्षिक कार्यक्रम आज समपन्न भयो यस कार्यक्रममा केशर मोक्तानको अध्यक्षता रहेको थियो। विद्यालयका प्राचार्य सन्तोष बिश्वले स्वागत सम्भाषण राखेको थियो। विद्यालयको वार्षिक समारोहमा नानीहरुले गीत, नृत्य, रेम्स आदि प्रस्तुत गरे। समारोहमा विद्यालय परिवारको पक्षबाट कार्निभल आईडल प्रसङ्ग राईलाई, प्रमुख अतिथि शंकर छेत्री, विशिष्ट अतिथिहरु श्याम मोक्तान, भानु राई, बिदेन प्रदान, ममता तामाङ, इन्द्रबहादुर मोहरा, राजेश थापा अनि अन्यलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनायो।

शिक्षाका सुरभि गुरुङले सञ्चालन गरेको समारोहमा विद्यालयका नानीहरुले सांस्कृति भेषभुशामा फेसन शो प्रस्तुत गरे।

About Author

Advertisement