पश्चिम बङ्गालका मन्त्री डा. शङ्कर घोषद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको श्रद्धापूर्वक शुभकामना

FB_IMG_1789669133584

​सिलगढी: विश्वका शक्तिशाली नेता एवम् यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीको शुभ जन्मदिनको अवसरमा पश्चिम बङ्गालका मन्त्री एवम् सिलगढीका विधायक डा. शङ्कर घोषले श्रद्धापूर्वक प्रणाम जनाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत आफ्नो शुभकामना सन्देश जारी गर्दै मन्त्री डा. घोषले प्रधानमन्त्री मोदीको सुस्वास्थ्य एवम् दीर्घायुको लागि भगवानसँग प्रार्थना गरेका छन्। यस अवसरमा उनले प्रधानमन्त्रीको नेतृत्वमा देशले हासिल गरिरहेको सफलता र सेवा तथा सङ्कल्पको यात्राको उच्च प्रशंसा गरे।
​#sevasankalpabhiyan अन्तर्गत शुभकामना दिँदै मन्त्री डा. घोषले प्रधानमन्त्रीको कुशल नेतृत्वमा देश निरन्तर प्रगतिको दिशामा अघि बढिरहने विश्वास समेत व्यक्त गरे।

About Author

Advertisement