‎‎‎‎पश्चिम बंगाल विधानसभाको सभामुख निर्वाचित भएपछि रथीन्द्र बोसलाई शुभकामना दिए मुख्यमंत्रीले‎‎

FB_IMG_1778871757266

कोलकाता: मुख्यमंत्री शुभेन्दु अधिकारीले काेचबिहार दक्षिणका विधायक रथीन्द्र बोसलाई सर्वसम्मत रूपमा अठारौँ पश्चिम बंगाल विधानसभाको माननीय सभामुख निर्वाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना दिएका छन्। उनले रथीन्द्र बोसको दूरदर्शिता, अनुभव तथा लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिबद्धताले आगामी पाँच वर्षसम्म विधानसभाको कार्यवाहीलाई सुचारु, निष्पक्ष र मर्यादित ढङ्गले सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।‎ मुख्यमंत्री अधिकारीले नयाँ सभामुखको नेतृत्वमा विधानसभामा विपक्षी सदस्यहरूको आवाज दबाइने छैन तथा लोकतान्त्रिक वातावरण अझ सुदृढ हुने आशा व्यक्त गरेका छन्।

About Author

Advertisement